फोन : +९७७-०१-५९१३९७०
खुल्ने समय : बिहान ०९ - बेलुका ०५

नेपालमा हाल विद्यमान करिव ३४ हजार सहकारीहरुको भिडमा एउटा पृथक सोच वोकी अगाडी बढी रहेको संस्था हो आकर्षक उपभोक्ता कृषि सहकारी संस्था लि. अधिकांश सहकारीहरु बचत तथा ऋणमा मात्रै केन्द्रित रहेको देखिन्छ ।यस संस्थाले संस्थाको उदेश्य अनुरुपनै कृषि तथा उपभोक्तामुखी भई कार्यहरु गर्दै आइरहेकोछ । मिति २०६९ साल भाद्र महिनावाट आकर्षक उपभोक्ता  सहकारीको जन्म भएको हो । शुरुमा यस संस्थाले अर्गानिक हर्वलजन्य बस्तुहरु संकलन प्याकेजिङ्ग तथा ACCOL ब्रान्डमा ब्रान्डिङ्ग समेत गरी बजारमा विक्रि वितरण गरेको हो भने मिति २०७६ साल मंसिर १५ गतेवाट कुटो कोदालो कृषि सहकारी संस्था लि.संग एकिकरण भई यस संस्थाको नाम आकर्षक उपभोक्ता कृषि सहकारी संस्था लिमिटेड रहन गएको हो ।
नेपाल कृषि प्रधान देश भएपनि यहाँका उपभोक्ताहरु विदेशवाट आयतित विषादीयुक्त कृषि वस्तुहरु उपभोग गरी दिनप्रतिदिन विभिन्न रोगहरुको शिकार हुन बाध्य भएका छन् । यसै सन्दर्भमा यस संस्थाले सदस्य/ उपभोक्ताहरुको स्वास्थ्य तथा सौन्दर्यलाई विशेष ध्यानमा राखि कृषि तथा जडिबुटिजन्य बस्तुहरुको विउ, बिरुवा, पशुपन्छी, माछा जस्ता बस्तुहरुको नर्सरी बनाई हिमाल, पहाड तराईमा उपयुक्त हुने हावापानी माटो सुहाउने बस्तुहरु किसानसंग सहकारी सहकार्य  गरी व्यबसायीक आधुनिक प्रविधियुक्त खेती गराई उक्त उत्पादन भएका वस्तुहरुको वजारीकिकरणमा समेत जिम्मेवारी लिने प्रण गरेकोछ । त्यसैगरी शहरी क्षेत्रमा कौशी खेती, करेसावारीको माध्यमवाट प्रत्येक घर परिवारलाई स्वस्थ अर्गानिक तरकारी तथा फलफूल प्रयोग गराई विषादीयुक्त वस्तुहरुको प्रयोगमा  निरुषाहित गर्ने योजना रहेको छ ।

" हाम्रो प्रण कृषिमा समर्पण" भन्ने मुल मन्त्रालाई आत्मासाथ गर्दै एक उपभोक्ता एक सदस्य नितिलाई अवलम्बन गर्दै यस संस्थाले आगामी ५ वर्षमा १ लाख भन्दा बढी सदस्य उपभोक्ता निर्माण गर्ने लक्ष्य लिएको छ । यसैगरी धेरैभन्दा धेरै सहकारीहर एकिकरण गरी देशैभरी कृषिको महाअभियानमा लागि पर्नै पनि यस संस्थाको उदेश्य रहेको छ ।
कृषिजन्य, जडिबुटी, पशुपन्छी, मत्स्यपालन, फलफूल, दुग्धन्य बस्तुहरु, किसानहरुको खाली रहेका जमिनमा खेती तथा पालन गराई आधुनिक प्रविधि सहितका व्यबसायीक खेती र वितरण प्रणालीलाई मजबुत बनाउन  ई कमर्स मार्फत लाखौ उपभोक्ताहरुलाई स्वस्थ तथा ताजा बस्तुहरुको प्रयोग गराई स्वस्थ, समुन्नत समाज निमार्णमा टेवा पु-याउनु यस संस्थाको प्रमुख लक्ष्य रहेको छ ।
यस संस्था अन्तगर्तमा सायद नेपालमै पहिलो ACCOL  ब्राण्ड दर्ता भई एकोल ब्राण्ड मार्फत बजारमा बस्तुहरुको विक्रि वितरण भैरहेकोछ ।त्यसैगरी आकर्षक आयुर्वेदिक क्लिनिक,औषाधालय पनि दर्ता भै संचालनमा रहेको छ । विगत ७ वर्ष अगाडी देखी ललितपुरको गोदावरी नगरपालिका वडा नं १० मा आकर्षक कृषि फार्म संचालनमा छ ।उक्त फर्ममा कुरिलो अकवरे खुर्सानी कार्नेसन जरबेरा फूल लगायत जडीबुटीका बिरुवा र बस्तु दुवै उपलब्ध छ भने कोन्जोसोम गाउँपालिकामा आकर्षक रेन्बो ट्राउट फार्म संचालन भै रहेकोछ ।साथै ।संस्थाको भवनमा आयुर्वेदिक क्लिनिक, औषाधालय, आकर्षक उपभोक्ता पसल संचालनमा छ भने घट्ट, ढिकि, जाँतोवाट पिसिएको वा कुटिएको ताजा पिठोजन्य बस्तुहरु, दहि, दुध, खुवा, तरकारी, फलफूलसंग रोटी, पिठोजन्य बस्तुहरु खाने सुविधा उपलब्ध छ ।
यस संस्थाको कार्य क्षेत्र मध्यामान्चल भरि १९  जिल्लामा रहेको छ । संस्थाको मुख्य कार्यालय सातदोबाटो-१५, ललितपुर महानगरपालिका, ललितपुरमा अवस्थित रहेको छ ।
मुख्य रुपमा कृषिजन्य बस्तुहरुका लागि किसानहरसंग हातेमालो गरि उत्पादित कृषिजन्य बस्तुहरु खरिद तथा संकलन गरि आधुनिक प्रविधियुक्त ACCOL मार्फत घर घरमा बस्तु तथा सेवा प्रदान गरिनेछ । यस अभियानमा अत्याधिक उपभोक्ताहरुलाई संगठित गरि संस्थाले हाम्रै नेपालमा उत्पादन भएका तरकारी फलफूल पशुपन्छी खाद्यन्न लगाएतका बस्तुहरु वितरण गरी वितरण प्रणालीलाई छिटो छरितो सर्व शुलभ स्वस्थ ताजा गुणस्तरीय बस्तुहरु प्रयोग गराई आफ्नो र आफ्नो परिवारका स्वास्थलाभ लिन सक्नुहुनेछ ।  खेती पशुपन्छीपालन किसान वा ब्यबसायीकहरुलाई र कौशी खेती करेसाबारीमा आवश्यक पर्ने मल, माटो, औजार, टनेला तथा प्राविधिक सुविधा समेत प्रदान गरिनेछ । मानब प्राणिहरुका मुख्य बाँच्ने आधार भनेकै कृषि भएकोले शेयर सदस्य, उपभोक्ता, किसानहरुलाई समेत उत्पादन तथा वितरण प्रणालिलाई समेत चुस्त दुरुस्त बनाउनका लागि अर्गानिक कृषि उपज आधुनिक प्रविधिसंग जोडी व्बयसायीक खेती तथा स्वथ्थ उपभोक्ता अभियानमा आकर्षक उपभोक्ता कृषि सहकारी संस्था सदैव यहाँहरुको सेवामा सर्मपित छ ।