फोन : +९७७-०१-५९१३९७०
खुल्ने समय : बिहान ०९ - बेलुका ०५

संस्था को परिचय
नेपालमा हाल विद्यमान ३४ हजार सहकारीहरुको भीडमा एउटा पृथक सोच बोकी अगाडी बढी रहेको संस्था हो, आकर्षक उपभोक्ता कृषि सहकारी संस्था लि. । अधिकांश सहकारीहरु बचत तथा ऋणमा मात्रै केन्द्रित रहेको   देखिन्छ । यस संस्थाले उद्देश्य अनुरुप नै कृषि तथा उपभोक्तामुखी भई कार्यहरु गर्दै आइरहेको छ । मिति २०६९ साल भाद्र ०२ गतेबाट आकर्षक उपभोक्ता सहकारीको जन्म भएको हो । शुरुमा यस संस्थाले अर्गानिक हर्वलजन्य बस्तुहरु संकलन प्याकेजिङ्ग तथा ब्ऋऋइी ब्रान्डमा ब्रान्डिङ्ग समेत गरी बजारमा विक्रि वितरण गरिएको थियो भने मिति २०७६ साल मंसिर १५ गतेबाट कुटो कोदालो कृषि सहकारी संस्था लि.संग एकिकरण भई यस संस्थाको नाम आकर्षक उपभोक्ता कृषि सहकारी संस्था लिमिटेड रहन गएको हो ।
नेपाल कृषि प्रधान देश भएपनि यहाँका उपभोक्ताहरु विदेशबाट आयतित विषादीयुक्त वस्तुहरु उपभोग गरी दिनप्रतिदिन विभिन्न रोगहरुको शिकार हुन बाध्य भएका छन् । यसै सन्दर्भमा यस संस्थाले सदस्य उपभोक्ताहरुको स्वास्थ्य तथा सौन्दर्यलाई विशेष ध्यानमा राखि कृषि तथा जडिबुटिजन्य बस्तुहरुको बिउ, बिरुवा, पशुपन्छी, माछा जस्ता बस्तुहरुको नर्सरी बनाई हिमाल, पहाड, तराईमा उपयुक्त हुने हावापानी माटो सुहाउने बस्तुहरु किसानसंग  सहकार्य गरी व्यवसायीक आधुनिक प्रविधियुक्त खेती गराई उक्त उत्पादन भएका बस्तुहरुको बजारीकरणमा समेत जिम्मेवारी लिने प्रण गरेको छ । त्यसैगरी शहरी क्षेत्रमा कौशी खेती, करेसाबारीको माध्यमबाट प्रत्येक घर परिवारलाई स्वस्थ अर्गानिक तरकारी तथा फलफूल प्रयोग गराई विषादीयुक्त वस्तुहरुको प्रयोगमा निरुशाहित गर्ने योजना रहेको छ ।

उद्देश्यहरुः
१. सहकारी सिद्धान्तको पालना गर्दै संस्थागत सुशासन र वित्तिय सक्षमताका मुल्य मान्यतालाई सर्वोपरी मानेर संस्था र सदस्यहरुको हितको प्रर्वद्धन गर्ने ।
२. सदस्यहरुको ब्यक्तिगत एंव सामुहिक क्षमता अभिवृद्धि गरी स्वावलम्बी एंव आत्मनिर्भर समाजको निर्माणमा योगदान पु¥याउने ।
३. सदस्ययहरुको प्राथमिक आवश्यकता र आयआर्जन क्षमताको पहिचान गरी उत्पादनशील र आयमुलक क्षेत्रमा सदस्यहरु मार्फत लगानी प्रर्वद्धन गरी छरिएर रहेको राष्ट्रिय पूँजीको उपयोग बढाउने ।
४. अर्थतन्त्रको तीन खम्वा मध्ये सहकारी पनि एक भएको हुदाँ कृषिजन्य, पशुपन्छी, मत्स्य, बनपैदावार, वन्यजन्तुपालन तथा कृषि पर्यटनको माध्यमबाट देशको अर्थतन्त्रमा टेवा पु¥याउने ।
५. अर्गानिक कृषिलाई प्रोत्साहन गरी आधुनिक कृषि प्रविधिको पूर्ण रुपमा उपयोग गर्ने, गराउने ।
६. अर्गानिक मल, बिउ बिजन, बिरुवा उत्पादन गरी किसानहरुको समुदायमा व्यवसायिक खेति तथा पुशुपंक्षीपालन गराई संस्थाले उक्त उत्पादित गरेका बस्तुहरु बजारीकरणमा सहयोग गर्ने र आवश्यकता अनुसार निर्यात गर्ने ।
७. कृषि औजार तथा कृषि प्रविधि खरिद तथा आयात गरी सदस्यहरुलाई बिक्रि वितरण तथा सहयोग गर्ने ।
८. तरकारी, फलफूल, जडीबुटी सम्वन्धी बिरुवा उत्पादन गरी नर्सरी स्थापना गर्ने र व्यवसायिक खेती गराउने ।
९. पशुपंक्षी, माछा, बंगुर, कालिज, अष्ट्रिज, मृग, बदेलपालन गरी व्यवसायिकरण गर्ने ।
१०. सदस्यहरुको दैनिक जीवनका विविध क्षेत्रमा संस्थागत सहयोग पु¥याउने खालका सेवामुलक कार्यक्रमहरु संचालन गरी सहकारिताको महत्व स्थापित हुने काम समुदायमा प्रदर्शित गर्ने ।
११. सदस्यहरुलाई आत्मनिर्भर बनाउन व्यवसायको प्रकृति हेरी कर्जा प्रवाह गर्ने ।
१२. खाद्यान्न सम्बन्धी बस्तुहरु संकलन तथा आयात÷निर्यात र विक्रि वितरण गर्ने ।
१३. शहरमा कौसी खेती, करेसावारी र ग्रामिण भेगमा पकेट एरिया बनाएर व्यवसायिक खेती तथा पशुपालन कार्यहरु गराई उत्पादित वस्तुहरु संस्था आफैले संकलन गरी विक्रि तथा वितरणको जिम्मा लिने ।
१४. सहकारी पसल, सहकारी बजार सेवा केन्द्रहरु स्थापना गरी उत्पादित बस्तुहरुको बिक्रि प्रवन्ध मिलाउने ।
१५. अर्गानिक ग्रिन टि, टुथ पोष्ट, चिया कफि, साबुन, सेम्फो स्वास्थ्यबद्र्धक तथा सौन्दर्यवद्धक विविध वस्तुहरु संस्था आफैले उत्पादन गरी वा अन्य सप्लायर्ससंग सहकार्य गरी त्यस वस्तुहरुलाई संस्थाको ब्ऋऋइी नाममा ब्राण्डिङ्ग समेत गरी बिक्रि वितरण गर्ने ।
१६. एग्रो फरेस्ट्री, जडिबुटि, मौरी, दुग्ध, मत्स्य, पशुपंक्षी, फलफुल, फुल आदि जस्ता सम्पूर्ण कृषि सम्वन्धी उत्पादन संकलन प्याकेजिङ्ग तथा ब्राण्डिङ्ग समेत गरी बिक्रि वितरण गर्ने ।
१७. आयुर्वेदिक क्लिनिक तथा औषधालय मार्फत स्वास्थ्य उपचार सम्बन्धी सेवा प्रदान गर्ने ।
१८. शहरी तथा ग्रामीण भेगमा साना–साना छरिएका पूँजीहरुलाई एकिकृत गर्दै संकलित पूँजीलाई कृषि, पशुपालन तथा पर्यटन लगायतका क्षेत्रमा आवश्यकता अनुसार लगानी गर्ने ।
१९. ई कमर्सको माध्यमद्वारा उत्पादित वस्तु तथा सेवाहरु सदस्यहरुको घरघरमा पु¥याउने ।
२०. विभिन्न प्रकारका लेखा प्रशासन तथा अन्य विविध प्रकारका परामर्शका कार्य गर्ने तथा सेवा उपलब्ध गराउने ।

कार्यक्षेत्र
यस संस्थाको कार्यक्षेत्र मध्यमाञ्चल भरि १९ जिल्लामा रहेको छ । संस्थाको मुख्य कार्यालय सातदोबाटो–१५, ललितपुर महानगरपालिका, ललितपुरमा अवस्थित रहेको छ ।

शेयर पुँजी:
१०० दरका ५० कित्ता देखी १० हजार कित्तासम्म (रु.५ हजार देखि रु. १० लाख सम्म) का शेयर सदस्यहरुले खरिद गर्न सक्नेछन् ।

व्यवस्थापनः
सदस्यहरुलाई छिटो, छरितो तथा बिश्वासिलो एवं भरपर्दाे बित्तिय सेवा प्रदान गर्न र संस्थाको निति तथा कार्यक्रमहरुलाई प्रभावकारी कार्यान्वयनका लागि योग्य सक्षम, अनुभवी तथा कुशल कर्मचारीहरुको व्यवस्थापन गर्नुका साथै बित्तिय सेवाहरु सहज गर्नका  लागि सफ्टवेयरको प्रयोग गरिएको छ ।

प्रतिबद्धताः
सदस्यहरुलाई छिटो छरितो तथा बिश्वासिलो एंव भरपर्दो वित्तिय सेवा प्रदान गरी सामाजिक तथा आर्थिक विकासमा  मानव प्राणिहरुको मुख्य बाँच्ने आधार भनेकै कृषि भएकोले शेयर सदस्य, उपभोक्ता, किसानहरुलाई समेत उत्पादन तथा वितरण प्रणालीलाई चुस्त दुरुस्त बनाउनका लागि अर्गानिक कृषि उपज आधुनिक प्रविधिसँग जोडी व्यवसायीक खेती तथा स्वस्थ उपभोक्ता अभियानमा आकर्षक उपभोक्ता कृषि सहकारी संस्था सदैव यहाँहरुको सेवामा सर्मपित रहनेछ ।