पशुपन्छी तथा मत्स्यपालन अन्तर्गत कोन्जोसोम गाउँपालिका वडा नं.–३ दलचोकी, तीनघरे, ललितपुरमा आकर्षक रेन्बो ट्राउट माछा फार्म सञ्चालनमा रहेको छ । साथै उक्त फार्ममा फार्म स्टे गराई पर्यटकहरुलाई ट्राउट माछा, असला माछा, लोकल कुखुरा, कालिज, हाँस, लगायतका लोकल कृषिजन्य बस्तुहरु खाने बस्ने समेत सुविधा उपलब्ध गराईएको छ ।